हेटौंडा – करेन्ट लागेर सडक विभागको एक कर्मचारीको मृत्यु भएको छ । चितवन भरतपुर महानगरपालिका–१ आँपटारी स्थित तौलपुल नजिकै करेन्ट लागेर सडक विभागमा कार्यरत तनहु देवघाट बस्ने ३५ वर्षीय भिम बहादुर मगरको मृत्यु भएको हो ।
सडक छेउको नालीमा सरसफाई गर्ने क्रममा लत्रिएको तार छुदा मगरलाई करेन्ट लागेको थियो । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।