काठमाडौं – घरको तीनतलाबाट खसेर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक घाइते भएका छन् ।
चितवन भरतपुर ११ मा रहेको घरको तीनतलाबाट खसेर गाडी चालक दिलबहादुर थापा छतबाट खसेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसारउनी राति ३ बजेर ५४ मिनेटमा अढाई तलाबाट खसेर गम्भीर घाइते भएका हुन् । थापाको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।