काठमाडौं – टोखा नगरपालिका–११ गोंगबु मनमैजु पुलबाट दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप घर भएकी ३४ वर्षीया सन्तोषी cरहेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले अन्दाजी साढे २ केजी तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।
श्रेष्ठले संचालन गरेको एस एस फेन्सी कलेक्सनबाट उक्त तौलको सालकको खपेटा र २० हजार रूपैयाँ सहित फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।