सिन्धुली – सिन्धुली मरिण गाउँपालिका-१ कात्तिकेस्थित सिम्ले खोल्सीको जंगली भालुले आक्रमण गर्दा एक जना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा ७२ वर्षीय गोपिलाल घिसिङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार छिमेकीको बाख्रा जंगलमा हराएपछि खोज्न जानेक्रममा घिसिङलाई भालुले आक्रमण गरेको थियो। घिसिङसहित ७/८ जनाको समूह हराएको बाख्रा खोज्न जंगल पस्दा घिसिङलाई भालुले आक्रमण उनको घटनास्थलमै मृत्यु भएको हो।
उनको शवको पोस्टमार्टम कपिलाकोट स्वास्थ्यचौकी मरिणमा गरिएको छ।