प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नदी किनारमा बालिकाको शव फेला

२०८० श्रावण ९, मंगलबार १५:२१ बजे

दार्चुला – दार्चुलामा एक बालिकाको बेवारिसे शव फेला परेको छ। जिल्लाको व्यास गाउँपालिका–४ डोकटको सुनकोट महाकाली नदी किनार क्षेत्रमा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

उनका अनुसार सडेको अवस्थामा अन्दाजी १५ वर्षीया बालिकाको शव मंगलबार दिउँसो फेला परेको हो। बालिकाको शव भारतीय नागरिकले देखेपछि नेपाल प्रहरीलाई खबर गरेका थिए।

घटनाबारे थप अनुसन्धान गर्न अहिले सुन्सेरा प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय हुतीबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र सिंह कार्कीको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।