हेटौंडा – नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-४ बासखोलामा टिपरले तीन वटा सवारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
ना.८ ख ३४०९ नम्बरको टिपरले बा.७२ प ७१५७ नम्बरको मोटरसाइकल, लु.९५ प ८४८८ नम्बरको स्कुटर र ना.७ ख ४९६६ नम्बरको बसलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक तनहुँ आबुखैरेनी नगरपालिका–६ बस्ने ३४ वर्षीय उज्ज्वल गुरुङ रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।