प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पेस्तोलसहित तामाङ पक्राउ

२०८१ आश्विन २९, मंगलबार १९:२७ बजे

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको पनौतीबाट पेस्तोल र गोलीसहित एक जना पक्राउ परेका छन् ।

पनौती नगरपालिका-१ बाट १ थान पेस्तोल र ३ राउन्ड गोली सहित सोही ठाउँ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ रानीकोट बस्ने ३६ वर्षीय प्रेम तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।