प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

देश विकासका लागि एमालेले जित्न जरुरी: एमाले अध्यक्ष ओली

२०७९ बैशाख २०, मंगलबार १२:१८ बजे

झापा – पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन नेकपा ९एमाले०ले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताएका छन् ।

गृहजिल्ला झापाको मेचीनगरमा आज अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेकपा एमालेको पक्षमा जनलहर आएको जिकिर गरे । उनी आज बिहान काठमाडौँबाट झापा आएका हुन्। झापाको भद्रपुर र हल्दिबारीको आमसभामा सहभागी बनेर उनी अपराह्न मेचीनगरको धुलाबारी आएका हुन्।

मेचीनगर मुलुकको प्रवेशद्वार भएको हुँदा तीव्र विकासका लागि एमालेका उम्मेदवारलाई जिताउन उनले मेचीनगरबासीलाई आह्वान गरे । उनले हल्दिबारी गाउँपालिका–१ गोलधाप र भद्रपुर नगरपालिका–३ को ज्ञानचोकमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए ।