प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७९ आश्विन १६, आईतबार ०३:४० बजे

हेटौंडा – काठमाडौंको बालकुमारी पुलमा शनिबार बेलुका जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृतक अन्दाजी २८ वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरीले जनाएको छ । पैदल हिडिरहेका उनलाई शनिबार बेलुका सवा ८ बजे बा १ झ ८१७ नम्बरको जिपले ठक्कर दिएको थियो । फरार भएका जिप चालकको खोजी भइरहेको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।