प्रहर खबर
 २०८३ कार्तिक ८, शनिवार    

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक वृद्ध मृत फेला

२०७९ भाद्र ६, सोमबार ०६:१५ बजे

चितवन – माडी नगरपालिका३ का एक वृद्ध चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन्। ७५ वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन्।

आइतवार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो। शव भेटिएको क्षेत्रमा गैँडाको पाइला देखिएकाले गैँडाको आक्रमणबाट उनको मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए।

वडा नम्बर ३ बोटेसिमाराका उनी डुल्ने क्रममा गैँडाले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ।