प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७९ माघ ८, आईतबार ०६:५२ बजे

हेटौंडा – रामेछाप उमाकुण्ड गाउँपालिका–७, रूना सामुदायिक बनमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गा शिध्दिचरण नगरपालिका–७, ज्यामिरे बस्ने ३५ वर्षीय नारायण बहादुर मगर रहेका छन् ।

भुजीबाट शिरिषेतर्फ जाँदै गरेको बा ११ च ५९३५ नम्बरको बोलेरो गाडी अनियन्त्रित भएर सडकबाट अन्दाजी ५० मिटर तल खस्न जाँदा मगरको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।