प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दसैँ मनाउन मामाघर हिँडेका बालकलाई खोलाले बगाउँदा बेपत्ता

२०७९ आश्विन १९, बुधबार १५:०१ बजे

काठमाडौं – दसैँ मनाउन मामाघर हिँडेका बालकलाई खोलाले बगाउँदा बेपत्ता भएका छन् ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर–७, खाँचीकोट किटेनी निवासी तारा पौडेलका १० वर्षीय छोरा समीर पौडेललाई स्थानीय फर्ज्याङ खोलाले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण घिमिरेका अनुसार आज बुधबार दिउँसो पौडेलले एक छोरा र एक छोरी लिएर दसैँ मनाउन भूमिकास्थान–७, चिदिचौर जाने क्रममा खोला तर्न खोज्दा बालकलाई खोलाले बगाएको थियो ।

बच्चाको खोजी कार्य जारी रहे पनि आज रात परिसकेकोले भोलि पुनः खोजी गरिने प्रहरीले जनाएको छ।.