प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा ईभी गाडी दुर्घटना: ५ जना घाइते,तीन जनाको अवस्था गम्भीर

२०८२ असार २०, शुक्रबार १६:५० बजे

हेटौँडा । मकवानपुरमा ईभी गाडी दुर्घटना भएको छ।

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२ रातमाटेस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा आज दिउँसो विद्युत्तीय ईभी दुर्घटनामा परि पाँच जना घाइते भएका छन्।

दुर्घटना दिउँसो करिब १ बजे भएको हो। हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको म प्र ०३–००१ ज ०५५१ नम्बरको ईभी गाडी भीरको घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिएर अनियन्त्रित भई करिब १५ मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ।

गाडीमा चालकसहित १० जना सवार थिए। तीमध्ये ५ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

घाइतेहरुलाई उद्धार गरी उपचारको लागि काठमाडौं पठाएको प्रहरीले जानकारी दिएको छ।