हेटौंडा – बाराको जितपुरसिमरा उपमहानगरपालिका ९ मा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका २ बस्ने २६ वर्षीया गुन्जना श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बागमती प्रदेश–०६–००१ ख ०१२२ नम्बरको बसले शुक्रबार बिहान ८ बजे पैदल हिडिरहेकी श्रेष्ठलाई ठक्कर दिएको हो । गम्भिर घाइते भएकी उनलाई उपचारको लागी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । बस चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ ।