प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

२०७९ पौष १६, शनिबार ०५:०१ बजे

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। उनीहरुबीच शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो।

गृहमन्त्री रवि लामिछानेले सिंहदरबारमा आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउन प्रधानमन्त्रीसँग छलफल गरेका बताईएको छ । हाल सिंहदरबार प्रवेशका लागि पास लिनुपर्छ ।

त्यस्तै भेटका क्रममा कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखी स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।