तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ थाङदीमा दुर्घटनामा परी बिहीबार एक महिलाको मृत्यु भएको छ । खैरेनीटारबाट भिमाद जाँदैगरेको ग १६ प ५९६८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा पछाडि सवार जिल्ला तनहुँ भिमाद नगरपालिका–४ नरीकोट बस्ने वर्ष ३३ की कमला रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका रानाको तत्काल उद्धार गरी उपचारका लागि शुक्लाण्डकी नगरपालिकाको बेलचौतारास्थित जिपि कोइराला श्वास प्रश्वास केन्द्र बेलचौतारा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।