प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु

२०८० जेठ २९, सोमबार १३:२३ बजे

काठमाडौं – पौडी खेल्ने क्रममा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ । बाँके–बर्दियाको सीमा नदी मान खोलामा डुबेर बाँके खजुरा गाउँपालिका– ६ पुरैनाकी १८ वर्षीया लक्ष्मी डाँगी र ९ वर्षीया रण नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो चर्को गर्मीमा उनीहरु घर नजिकैको खोलामा साथीहरुसँग पौडी खेल्न गएका थिए । दुवै जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।