प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुर गोल्डकपः मनाङलाई हराउँदै पुलिस सेमिफाइनलमा

२०७९ जेठ २४, मंगलबार १४:५७ बजे

हेटौंडा – नेपाल पुलिस क्लब चौथो स्थानीय तह शहीद स्मृती अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै पुलिस प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।

पुलिसको जितमा भरत शाहले निर्णयक गोल गरे । उनले खेलको खेलको ३५ औं मिनेटमा गोल गरे ।

निकै प्रतिस्पर्धात्मक खेलको ४१ औं मिनेटमा विमल घर्ती मगरलाई बक्समा ल्याएपछि मनाङले पेनाल्टी पाएको थियो । अञ्जन विष्टले प्रहार गरेको पेनाल्टी पुलिसका गोलकिपर शत्रुधन चौधरीले रोकेका थिए ।

पहिलो हाफमा १ गोलले पछि परेको मनाङले दोस्रो हाफमा राम्रो अवसर पाएपनि गोल गर्न सकेन ।पुलिसका गोलकिपर शत्रुधन चौधरी बाधक बने । उनले विमल घर्ती मगर, सुजल श्रेष्ठ र दिनेश राजवंशीको शसस्त प्रहार बचाउँ गरे । पुलिसले खेलमा बाजी मार्न सफल भयो ।

polic vs manang

मनाङले ए डिभिजन लिग विजेता मछिन्द्र क्लबको उत्कृष्ट चार खेलाडी विशाल श्रेष्ठ, विशाल राई, सुजल श्रेष्ठ र विमल घर्तीमगर मैदान उतारे पनि लयमा रहेको पुलिसमाथि जित निकाल्न सकेन ।

उत्कृष्ट खेल प्रर्दशन गर्दै टोलीलाई सेमिफाइनलमा प्रवेश गराएका पुलिसका गोलरक्षक सत्रुधन चौधरी म्यानअफ द म्याच घोषित भए । उनले ट्रफि सहित नगद १० हजार प्राप्त गरे ।

तीन रेड कार्ड

खेलको पहिलो हाफ विवाद रहित भएपनि दोेस्रो हाफको अन्त्य तीर निकै विवाद श्रृजना भएको थियो । दोस्रो हाफमा पुलिसका प्रशिक्षकसहित खेलाडीहरुले रेफ्रि प्रति असन्तुष्टी जनाएका थिए ।

पुलिसका प्रशिक्षक अनन्तराज थापा, खेलाडी हेम तामाङ र हेमन्त श्रेष्ठलाई रेफ्री रातो कार्ड दिएका थिए । प्रशिक्षक र श्रेष्ठले अपशब्द प्रयोग गरेपछि दुबैले रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

red cyapa

खेलको थप सयममा पुलिसका खेलाडी तामाङ्ले मनाङका कप्तान अन्जन विष्टलाई धकेले लडाएका थिए । त्यसपछि उनी रातो कार्ड खादै मैदानबाट बाहिरिनु परेको थियो । रातो कार्ड प्राप्त गर्ने प्रशिक्षक र दुई खेलाडीले सेमिफाइनल खेल गुमाउने छन् ।

मकवानपुरको १० पालिकाको सहयोग र फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा विजेताले १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।

त्यस्तै विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइलक प्राप्त गर्नेछ ।

भोलि प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा घरेलु टोली विजय युथ क्लब र नव जनजागृति युथ क्लब सिमरा भिड्दैछन् । खेल साढे ३ बजे सुरु हुनेछ ।प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।