प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

सुनचाँदीको मूल्य घट्यो

२०७९ भाद्र ६, सोमबार ०५:२८ बजे

काठमाडौं – नेपाली बजारमा सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । आज छापावाल सुन प्रतितोला ९५ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ घटेको हो। आइतबार छापावाल सुन प्रतितोला ९५ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला ११ सय ७० मा कारोबार भएको थियो। चाँदीको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ घटेको हो।