प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नारायणी पुलबाट नदीमा हाम फाल्दा एक महिला गयो

२०८० श्रावण १८, बिहीबार ०८:०० बजे

हेटौंडा – चितवनको नारायणी पुलबाट नदीमा हाम फालेर घाइते भएकी एक महिलाको ज्यान गएको छ ।आज बिहान करिब ७ः४० बजेको समयमा भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको उपचारको क्रममा ज्यान गएको हो ।

उनलाई नदीमा हाम फालेको देखेपछि प्रहरीले अचेत अवस्थामा उद्धार गरेको थियो । अन्दाजी ४५ वर्षकी महिलाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा बिहान साढे ८ बजे ज्यान गएको चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।