प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

२०८० पौष ४, बुधबार १९:४८ बजे

झापा – झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। हल्दिबारी गाउँपालिका–२ पाराखोरी बस्ने ६० वर्षीय पाठल राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रहरीका अनुसार उनी बुधबार बिहान अन्दाजी साढे ४ बजे मर्निङ वाक गएका थिए। घरबाट अन्दाजी २०० मिटर पूर्व चन्द्रगढी हल्दीवारीमा जंगली हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी गाउँपालिकाको वडा नम्बर २ मा कार्यालय सहयोगीको रूपमा काम गर्थे। उनको शव फेला परेपछि प्रहरी निरीक्षकको कमाण्डमा प्रहरीको टोली खटिएर अनुसन्धान अघि बढाएको थियो।