प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

२०७९ माघ २, सोमबार ०७:२२ बजे

काठमाडौं – दाङमा बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १६ का २१ वर्षका सुशील चौधरी र त्यही ठाउँका १८ वर्षका विवेक चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङको सर्रा–सौडियार सडक खण्डमा रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो । मृतकको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको प्रहरीले जनाएको छ।