काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको एकदिवसीय वरीयतामा नेपाल ६ जना खेलाडी समावेश भएका छन् । जसमा बलिङतर्फ चार र व्याटिङतर्फ दुई खेलाडी वरीयतामा अटाउँदा अलराउण्डमा वरीयतामा एक जना पनि परेनन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पीनर सन्दीप लामिछानेको एकदिवसीय अन्तराष्ट्रियमा बलिङको वरीयतामा सुधार भएको छ आईसीसीले सार्वजनिक गरेको वरीयतामा सन्दीप दुई स्थान बढेर २१ औं स्थानमा उक्लिएका छन् । यसअघि उनी २३ औं स्थानमा थिए ।
तिब्रगतिका बलर सोमपाल कामी ६० औं स्थानमा उक्लिएका छन् । यसअघि उनी ६३ औं स्थानमा थिए । दीपेन्द्र सिंह ऐरी दुई स्थान सुधार गर्दै ६३ औं स्थानमा छन् भने उता अर्का तिब्रगतिका बलर करण केसी भने तीन स्थान गर्दै ९५ औं स्थानमा छन् ।
यस्तै, ब्याटिङतर्फ कप्तान रोहित पौडेल ५५ औं स्थानमा यथावत रहेका छन् । त्यसैगरी, आसिफ शेख नौ स्थानले बढेर ६२ औं स्थानमा पुगेका छन् । नेपालका अन्य ब्याटरले भने शीर्ष एक सयमा स्थान बनाउन सकेनन् ।
ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् भने बलिङमा भारतका तीव्र गतिका बलर मोहम्मद सिराज शीर्ष स्थानमा छन् ।
एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ ।यसअघि नेपाल १७ औं स्थानमा थियो ।