प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

'ए' डिभिजन लिग : तीन खेल हुँदै, यस्तो छ अंक तालिका

२०७९ फाल्गुन २७, शनिबार ०३:५६ बजे

काठमाडौं – काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदैछन् । लिगको तेस्रो चरण अन्तर्गत शनिबार दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

च्यासलमा हुने खेलमा नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र संकटाबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

यस्तै दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र जावलाखेलबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

रंगशालामा हुने अर्को खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र सातदोबाटोबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

यस्तो छ अंकतालिका 

तीन खेलमा तीन जित निकाल्दै ‍९ अंकसहित चर्च ब्वाइज ए डिभिजन लिगको शिर्ष स्थानमा छ ।दुई खेलमा दुई–दुई जित निकालेको जावलाखेल र सातदोबाटो युथ क्लब समान छ–छ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेको छ ।उता दुई खेलमा दुईमै हार ब्यहोरेको साविक लिग विजेता मछिन्द्रसंगै नेपाल पुलिस क्लब रेलिगेसन जोनमा रहेको छ ।