काठमाडौं – पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ ज्यामिरेमा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा तिलोत्तमाका ३२ वर्षीय ऋषि लम्तरी रहेका छन् ।
प्रहरीका अनुसार सुनवलको ज्यामिरे चोकमा बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ८४५३ नम्बरको माइक्रोले लु ७९ प ९१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका लम्तरीको उपचारको क्रममा भलुही मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी विवेक गुरुङ घाइते भएका छन् ।