प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भरूवा बन्दुकसहित बुढा पक्राउ

२०८१ आश्विन ९, बुधबार १९:०१ बजे

सुर्खेत – सुर्खेतको चौकुने गाउँपालिका-६ काफल गैरा बस्ने ६३ वर्षीय मान बहादुर बुढालाई १ थान भरूवा बन्दुक सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मानबहादुरको घरमा भरूवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गुटुबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।