प्रहर खबर
 २०८३ कार्तिक ५, बुधवार    

मृतक मतदाताको नाम हटाइने

२०७९ श्रावण २०, शुक्रबार ०३:३९ बजे

काठमाडौं – निर्वाचन  आयोगले  मतदाता  नामावलीबाट  मृतक मतदाताको नाम हटाएर अद्यावधिक गर्ने कार्य शुक्रबारबाट नै सुरु गर्ने जनाएको छ । आयोगले मृतक मतदातालाई सूचीबाट हटाउन शुक्रबारदेखि नै जुट्ने प्रस्ट्याएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भने, “स्थानीय निर्वाचनमा मृत्यु भएका व्यक्तिको  नाम  समावेश  रहेको  सञ्चारमाध्यममा  प्रकाशन भएको थियो, त्यसलाई यथार्थ बनाउन र नीतिगत तथा व्यावहारिक रूपमा कसरी कार्यान्वयन गर्ने प्रक्रिया भोलिदेखि नै प्रारम्भ गर्ने छौंँ ।”

स्थानीय तह निर्वाचन २०७९ मा मृतक मतदाताको सङ्ख्या करिब छ  लाख  हुन  सक्ने  समाचार  प्रकाशन भएपछि  आयोगले  मृतक  मतदातालाई  हटाएर नामावली अद्यावधिक गर्ने कार्य गर्न लागेको हो । आयोगले मतदाता नामावली सङ्कलन गरेपछि नियमित रूपमै अद्यावधिक गर्ने कार्य गर्दै आएको छ तर स्थानीय निर्वाचनमा मृतक मतदाताको नाम सूचीबाट हटाएको थिएन । आयोगले  यसअघि  पनि  प्रत्येक  महिनाको  पहिलो साता नामावली अद्यावधिक गर्ने निर्णय गरेको थियो तर उक्त निर्णयको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् । पञ्जिकाधिकारी र नामावली दर्ता गर्ने अधिकारीबीच समन्वय हुन नसक्दा मतदाता सूचीबाट मृतक मतदाताको नाम हटेको छैन ।गोरखापत्र  दैनिकबाट