प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

टी- २० विश्वकप खेल्ने वेस्ट इन्डिज टिमको घोषणा

२०८१ बैशाख २२, शनिबार ०९:५० बजे

काठमाडौँ – वेस्ट इन्डिजले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।

आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि वेस्ट इन्डिजले रोभमन पावेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

विश्वकप खेल्ने वेस्ट इन्डिजको टिममा रोभमन पावेल (कप्तान), अल्जारी जोसेप (उपकप्तान), जोन्सन चार्लेज, रोस्टन चेज, शिमरन हिटमेयर, जासन होल्डर, शाइ होप, अकील होसैन, समर जोसेप, ब्राण्डन किंग, गुडाकेश मोती, निकोलस पुरन, आन्द्रे रसेल, शेरफान रुथेरफोर्ड र रोमारियो शेफर्ड रहेका छन् ।

हाल नेपाल टूरमा आएको वेस्ट इन्डिज ए टिमबाट विश्वकप खेल्ने टोलिमा जोन्सन चार्लेज, रोस्टन चेज र गुडाकेश मोती गरि तीनजना परेका छन् ।

घरेलु मैदानमा हुने यस विश्वकपमा वेस्ट इन्डिज समुह सी मा रहेको छ । यस समुहमा वेस्ट इन्डिजसहित अफगानिस्तान, न्यूजील्याण्ड, पिएनजी र युगाण्डा रहेका छन् । वेस्ट इन्डिजले विश्वकपमा पहिलो खेल पिएनजीसँग जुन २ मा खेल्ने तालिका रहेको छ ।