प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८० असार १३, बुधबार ०२:०७ बजे

हेटौंडा – कञ्चनपुरको पुनर्वास नगरपालिका ५ सिमरीमा आज बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ६२ बर्षीय मोतिलाल राना रहेका छन् ।

प्रहरीका अनुसार रानाको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा बिहान साढे ७ बजे मृत्यु भएको हो । पुनर्वासबाट धनगढीतर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश ०१-००१ क २२०० नम्बरको टिपरले विपरित दिशाबाट आँउदै गरेको से ४ प २२७९ नम्बरको मोटरसाइकललाई आज बिहान ६ बजे ठक्कर दिएको थियो ।

दुवै सवारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।