प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पिएसजीको लगातार तेस्रो हार

२०७९ फाल्गुन ३, बुधबार ०२:३० बजे

काठमाडौं – च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिखले जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा बायर्नले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसकै घरमा १–० ले पराजित गरेको हो ।

पीएसजीको मैदानमा बायर्नलाई जित दिलाउन किङ्स्ले कोम्यानले निर्णायक गोल गरे । कोम्यानले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए ।

खेलको ८२ औं मिनेटमा केलियन एमबाप्पेले पीएसजीका लागि गोल गरेका थिए । तर, भीएआर रिभ्युपछि उनको गोलले मान्यता पाएन ।

फ्रान्सेली लिग वान च्याम्पियनमा पीएसजीको सबै खाले प्रतियोगितामा गरेर यो लगातार तेस्रो हार हो । अब पीएसजी र बायर्नबीचको दोस्रो लेग मार्च ८ मा हुनेछ । दोस्रो लेगको खेल बायर्नको मैदानमा हुनेछ ।