काठमाडौं - अभिनेत्री करिश्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छन् । अभिनेत्री मानन्धरले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै खनालविरुद्ध उजुरी दिएकी हुन् ।
करिश्माले फेसबुकमार्फत पनि उजुरी दिएको जानकारी गराएकी छन् । युट्युबमा विभिन्न अन्तर्वार्ता दिएर भाइरल बनिरहेका खनालले करिश्मा लिभिङ टुगेदर बसेको भन्दै युट्युबमा अन्तर्वार्ता दिएकी थिइन् ।