हेटौंडा – झापाको कन्काई नगरपालिका ३ नयाँ बस्तिमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३६ वर्षिया सावित्रा देवि भण्डारी रहेकी छिन् ।
प्रहरीका अनुसार भण्डारीलाई उपचारको लागि अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो । बा १८ च २२ ४७ नम्बरको कारले पैदल हिंडिरहेकी भण्डारीलाई ठक्कर दिएको थियो । कार सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुरुङथाले जानकारी दिएको छ ।