प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आफ्नै घरको पेटिमा हिड्दा हिड्दै सर्पले डस्यो, कार्कीको ज्यान गयो

२०८० जेठ २६, शुक्रबार ०८:४३ बजे

हेटौंडा – आफ्नै घरको पेटिमा हिड्ने क्रममा सर्पले टोकेर सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । दुधौली नगरपालिका–१०, कर्था बस्ने अन्दाजी ६२ वर्षीया शिव कुमारी कार्कीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिहिबार बिहान उठेर आफ्नै घरको पेटिमा हिड्ने क्रममा अचानक सर्पले डसेको थियो । उनको उपचारको लागि सर्पदंस अस्पताल दुधौली लगिएको थियो ।

त्त्यहाँ उपचार हुन नसक्ने भनेपछि थप उपचारका लागि कर्जना फुलकुमारी महतो मेमोरियल अस्पताल सिरहा ल्याएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

केही दिनअघि मात्रै सपर्कको टोकाईबाट सिन्धुलीकै दुधौली नगरपालिका–१ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको मृत्यु भएको थियो ।