चितवन – चितवनको खैरहनीमा अज्ञात व्यक्तिहरुले युवा संघका नेता कुमार थापामाथि धारिलो हतियार प्रहार गरेका छन् । हतियार प्रहारबाट थापा गम्भिर घाइते भएका छन् । हतियार प्रहारबाट थापाको टाउको, हात, खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार राति खैरहनी ८ स्थित थापाकै घरनजिक हतियार प्रहार भएको थियो । घटनामा संलग्नको आशंकामा केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको । थापा एक वर्षअघि नेपाली काङ्ग्रेसबाट एमालेमा प्रवेश गरेका थिए । राजनीतिक प्रतिशोधका कारण घटना गराइएको हुन सक्ने अनुमान गरिएको छ ।