हेटौंडा – बिधुतको ट्रान्समिटर परिवर्तन गर्ने क्रममा करेन्ट लागेर चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रभात जल उपभोक्ता समितिका कामदार बाँके, जानकी गाउँपालिका–२ घर भएका २० वर्षीय देसराज कोरी रहेका छन् ।
भरतपुर महानगरपालिका–२५, शुक्रनगर स्थित बिधुतको ट्रान्समिटर परिवर्तन गर्न बिद्युतको कर्मचारीलाई सहयोग गर्ने करेन्ट लागेर घाईते कोरी भएका थिए। उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर ल्याईएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।