काठमाडौं – बिषालु सर्पको टोकाइबाट एकै परिवारका दुई दिदिबहिनीको मृत्यु भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका–९ भलवाड जिनुवाका मोतिलाल क्षेत्रीका दुई छोरी ८ वर्षीया इशिका क्षेत्री र ३ वर्षीया रितिका क्षेत्रीको सर्पले डसेर मृत्यु भएको हो।
वडाअध्यक्ष कमल पौडेलका अनुसार मंगलबार राती ओछ्यानमा सुतिरहेका दिदिबहिनीलाई करेन्ट सर्पले टोकेको थियो । दिदिबहिनीलाई राति नै उपचारका लागि कपिलवस्तुको गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा उपचारको लागि लगिएको थियो।
उनीहरुलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले केन्द्रले राति नै लुम्बिनी प्रादेशिक अस्पताल रेफर गरेको केन्द्रको थियो । उनीहरुको सोही अस्पतालमा उपचारको क्रममा रितिकाको वुधबार बिहान र इशिकाको बुधवार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ।
यसअघि गत असार २५ गते कपिलवस्तुकै बुद्धभुमी १ कपासिका दुई दाजुभाइ ११ बर्षीय दीपक र ९ बर्षीय प्रदीप भुसालको पनि राती सुतेको समयमा सर्पले टोकेर मृत्यु भएको थियो।