प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

चितवनमा बाघको आक्रमणबाट एक महिला घाइते

२०७९ असार १८, शनिबार ०९:०२ बजे

चितवन – बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ ।