प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

बालयौन दुरुचारकाे आरोपमा ६२ वर्षीय बृद्ध पक्राउ

२०७९ श्रावण १४, शनिबार ०४:५४ बजे

पाल्पा – बालयौन दुरुचारकाे आरोपमा प्रहरीले ६२ वर्षीय बृद्धलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले रैनादेवी छहरा–५, मुझुङ् बस्ने ६२ वर्षीय सोमान सिंहलाई पक्राउ गरेको जनाएको छ ।

स्थानीय नावालिकालाई उनले बाल यौन दुरुपयोग गरेका उजुरी परेको छ । उनी माथि थपअनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।