काठमाडौं – फलफूलमा लुकाएर प्रहरी हिरासतमै श्रीमानलाई ब्राउन सुगर पुर्याउने महिला पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी हिरासतमा श्रीमानलाई फलफूलमा लुकाएर ब्राउन सुगर पुर्याउन खोज्दा घोराही १५ निवासी शान्ती खड्का पक्राउ परेकी हुन्।
केही दिन पहिले दाङको घोराही उपमहानगरपालिका वडा नं। १५ का २२ वर्षीय अशोक खड्का लागुऔषधसहित पक्राउ परेका थिए। उनलाई प्रहरीले हिरासतमा राखेर लागुऔषध मुद्दा चलाई अनुसन्धान जारी राखेको थियो। शान्तीले लगेको सामान चेक गर्ने क्रममा पाँच पुरिया ब्राउन सुगर भेटिएको जिल्ला प्रहरी कार्यालयका प्र्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए।
शान्तिले श्रीमानलाई हिरासतभित्रै लगिदिएको ब्राउन सुगरको तौल गर्दा १२० मिलिग्राम रहेको डिएसपी गौतमले जानकारी दिए। शान्तिलाई पनि पक्राउ गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान थालेको छ। उनलाई पनि लागुऔषधसम्बन्धी मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।