प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

युक्रेनमा रुसको मिसाइल हमला

२०७९ आश्विन २४, सोमबार १०:४४ बजे

काठमाडौं – रुसले बिहानैदेखि युक्रेनको राजधानी किभमा कैयौँ हवाई आक्रमण गरेको छ । किभ बाहेक युक्रेनका अन्य धेरै सहरहरू पनि आक्रमणको चपेटामा परेका बीबीसीले जनाएको छ ।

युक्रेनका सेना प्रमुखले रुसले बिहानैदेखि ७५ वटा मिसाइल प्रहार गरेको दाबी गरेका छन् । जनरल भ्यालेरी जालुज्नीले ट्वीट गर्दै ७५ मध्ये ४१ क्षेप्यास्त्रलाई वायु रक्षा प्रणालीमार्फत निष्क्रिय पारिएको बताए पनि यसको स्वतन्त्रपूर्वक पुष्टि भइनसकेको बीबीसीले जनाएको छ ।

उक्त हमलामा परी ८ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । रुसले किभका महत्वपूर्ण भवनहरूलाई निशाना बनाएको किभका मेयरले दाबी गरेका छन् ।