प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

नेपाली सेनाका जवानले गरे खुकुरी प्रहार गरी पत्नीको हत्या

२०८१ जेठ २५, शुक्रबार २०:३६ बजे

दाङ – दाङको तुलसीपुरमा नेपाली सेनाका एक जवानले खुकुरी प्रहार गरी पत्नीको हत्या गरेका छन् ।

तुलसीपुर उपहानगरपालिका ६ बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले २७ वर्षीया पत्नी टीका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान सवा ८ बजेतिर पत्नीको हत्यापछि सोही खुकुरी लिएर फरार भएका बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।