प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

पाटेबाघको आक्रमणबाट दुई महिलाको मृत्यु

२०७९ चैत्र ७, मंगलबार ०३:४९ बजे

काठमाडौं – बर्दियामा पाटेबाघको आक्रमणबाट दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका– ५ की ५० वर्षीया धनसरा गुरुङ र ५५ वर्षीया समुन्द्री बुढाक्षेत्री रहेका छन् ।

मधुवन नगरपालिका–५ मा रहेको चिरौटे सामुदायिक वनमा घाँसदाउरा काट्न गएका वेला उनीहरूमाथि बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार दिउँसो करिब १२ बजेतिर चारजना महिला चिरौटे सामुदायिक वनमा घाँस दाउरा खोज्न गएका थिए । त्यही वेला धनसरा र समुन्द्रीलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । अन्य दुई महिलाले भागेर ज्यान जोगाउन सफल भएका छन् ।