काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले सहमति र सहकार्य गरेर राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना नगर्ने हो भने आन्दोलन नै अन्तिम विकल्प रहेको बताका छन् ।
‘सहमति र सहकार्य गरेर यही संविधानबाट राजसंस्था र हिन्दुराष्ट्र पुनः स्थापना नगर्ने हो भने आन्दोलन नै अन्तिम विकल्प हो । आन्दोलन केवल एउटा पार्टीले मात्रै गरेर सफल हुन सक्दैन’ सोमवार काठमाडौँमा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलामा थापाले भने ।
अध्यक्ष थापाले संघीय गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल व्यवस्था असफल भएको कारणले यसको विकल्पमा नेपाली जनताको चाहनाअनुरुप राजासहितको हिन्दुराष्ट्र, सुशासन र आर्थिक समृद्ध कायम हुनुपर्ने माग गरे ।
उनले राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना राजनैतिक दलहरु तयार हुने हो भने अहिलेकै संविधानको परिधिभित्र रहेर सहमति र सहकार्यका आधारमा संविधानलाई संशोधन गरेर कायम गर्न सकिने बताए ।