प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कुटपिटबाट दाजुको हत्या, बहिनी घाइते

२०८० माघ २, मंगलबार १८:२१ बजे

दाङ – सुर्खेतमा कुटपिट गरेर एक जना किशोरको हत्या भएको छ भने उनकी बहिनी घाइते छिन्। पंचपुरी नगरपालिका वडा नम्बर ६ कुवापानीका १८ वर्षीय भरत बुढा आफ्नो घरसँगै रहेको बाख्रोको खोरनजिकै मृत फेला परेका थिए।

उनको शरिरका विभिन्न भागमा चोटपटक देखिएको छ। उनकी १५ वर्षीया बहिनी सामान्ने घाइते अवस्थामा फेला परेकी छिन्। सोमबार राति भएको यो घटनामा कसको संलग्नता छ खुलिसकेको छैन। तालिम प्राप्त कुकुरको प्रयोग गरी कुटपिटमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।