प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एक होटलमा युवायुवती मृत फेला

२०८० जेठ २९, सोमबार १३:३० बजे

काठमाडौं – काठमाडौं टोखा नगरपालिका–९ स्थित एक होटलमा युवायुवती मृत फेला परेका छन्। सोमबार बिहान गोंगबु लक्ष्मीनगर होटल ग्रीन नेपालमा युवायुवती झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

गोरखा शहीद लखन गाउँपालिका–१ घर भएका २१ वर्षीय दिनेश सार्की र तनहुँ व्यास नगरपालिका-१० दमौलीकी २६ वर्षीया मुस्कान वयक झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

उनीहरू उक्त होटलको दोस्रो तलामा दिनेश शौचालयभित्र चुकुल लगाएर र मुस्कान कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको एसपी रिजालले बताए। मुचुल्का उठाएर प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको परिसरले जनाएको छ।