प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

२०८१ असार २९, शुक्रबार ०७:३९ बजे

काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति भएपछी एमालेले समर्थन फिर्ता लिएको थियो । मालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।

एमालेसहित एक सय ६९ सांसदको समर्थनमा प्रचण्ड २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए । अहिले प्रचण्डको पक्षमा माओवादी केन्द्र सहित राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी मात्र देखिएका छन् । यी तीन दलको मात्र ६३ सिट रहेको छ । प्रचण्डले विश्वासको मत पाउने सम्भावना देखिएको छैन । कांग्रेस, एमाले, राप्रपासहितका अन्य साना दलहरू विपक्षमा उभिएकोले प्रचण्डले विश्वासको मत पाउने सम्भावना देखिएको हो ।