प्रहर खबर
 २०७९ असार १४, मंगलबार    

कथा: आइएनजीओको काजक्रिया

२०७८ चैत्र ११, शुक्रबार १८:४२ बजे


(आनन्दराम पौडेल) बारा – धरमपुरका ओमप्रकाश यादवजी निवेदन बोकेर सिडिओको कार्यकक्षभित्र छिरे र नमस्कार गरे। उनी पूरै ओइलाएका थिए र अनुहार मलिन थियो।

“के कामले आउनुभयो ?” सिडिओले सोधे।

"घरमा कार्य गर्दा र भोजमा बोलाउँदा गाउँलेहरू कोहीपनि आउँदैनन्| बाटामा भेट्दा मुण्टोफर्काएर हिंड्छन्; कोहीपनि बोल्दैनन्।" ओमप्रकाश यादवले भने।

"गाउँले कसैले तपाईं र तपाईंको परिवारका सदस्यलाइ हातहालेको वा भौतिक आक्रमण गरेको छभने भन्नुहोस्; हामी कार्यवाही गर्छौ|" सिडिओले सोधे।

"भौतिक, शारिरीक क्षति पुर्याएकोचाहीं छैन| टोल, छरछिमेक, गाउँबस्तिका कोहीपनि हाम्रो घरमा पस्दैनन् र हाम्रो परिवारसँग जम्काभेट हुँदा कोही पनि बोल्दैनन्। बोल्दैनन् मात्र हैन, मतिर थुक्छन् र मुण्टोफर्काएर हिंड्छन्। चियापसलमा गाउँभरीका मान्छे हुन्छन्| म पुगेपछि सबै पर-पर सर्छन्। कुनै बेञ्चमा बसेंभने त्यो बेञ्चमा बसिरहेको मान्छे उठेर अर्कोतिर सर्छ र 'बाउको किरिया नगर्नेको छेउमा के बस्नु ?' भन्छ| मेरो परिवारका सदस्यहरूलाइ समुदायमा खिसिट्युरी गर्छन्। केटाकेटीलाइ स्कुल र कलेजमा समेत् ब्यङ्ग हान्छन् र तानामार्छन्।" ओमप्रकाश यादवले भने।

“गाउँलेले तपाईंलाइ घृणा गर्छन्, तपाईंको परिवारका सदस्यलाइ तिरस्कार गर्छन्। त्यत्तिकै, बिनाकारण त गरेननहोला ? केही-न-केही कारण त होला नि ?” सिडिओले प्रष्ट हुनखोजे।

“करिब २ बर्षअघि बुबाको मृत्यु भयो। त्यसबेला आइएनजीओका मान्छेहरूले टालटुले तालले ५ दिनमा काजकिरीया सकिदिएहुन्छ भनेकाले उनीहरूको लहैलहैमा लागेर नाममात्रको काजकिरीया टाकटुक गरेर सिध्याइदिएको थिएँ। आइएनजीओको लहैलहैमा लागेर आफ्नो बाबुको काजकिरिया समेत् नगर्ने भनि त्यहीबेलादेखि गाउँलेले घृणा गर्नथालेका हुन्।” ओमप्रकाश यादवले भने।

“तपाईंको समस्या हामीले बुझ्यौं। ती गाउँलेलाइ के कार्यवाही गर्न सकिन्छ ? हामी यहाँ सल्लाह गर्छौं। तपाईं अहिले जानुहोस्।” सिडओले यति आश्वस्त पारे।

जहाँ सबैले घृणाको नजरले हेर्छन्, जहाँ जानका लागि मनले मानिरहेको थिएन र पाइला गह्रुँङ्गा थिए तर बाध्यतामा लतारिंदै ओमप्रकाशजी पुन त्यतैतिर लागे।
(यो कथामा बर्णित घटनाबिवरण, पात्रका नामनामेसि तथा ठेगाना समेत् सत्य हो। फरक छैन। फरकपरेमा सहुँलाबुझाउँला।)