काठमाडौं – दयाहाङ राई र विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा काठमाडौंमा घर हुने र नहुने दुई परिवारको कथालाई प्रस्तुत गरिएको छ । काठमाडौंमा घर किन्न संघर्ष गरिरहेका र घर भएर पनि लुकाउन बाध्य पात्रहरूको उतार–चढावलाई ट्रेलरमा देख्न सकिन्छ ।
दीपेन्द्र के. खनाल निर्देशित चलचित्र सामाजिक विषयवस्तुमा निर्माण भएको हो । सार्वजनिक ट्रेलरमा दयाहाङ र विपिनका साथमा सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा लगायतका प्रमुख पात्र फिचर्ड छन् ।
भिडियो