प्रहर खबर
 २०८३ भाद्र २०, शनिवार    

जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

२०८० असार ४, सोमबार १२:३३ बजे

डडेल्धुरा – डडेल्धुरामा सोमबार दिउँसो जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका–८ कुर्जेनीमा जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सु।प।प्र ०१ ००१ क १६८३ नम्बरको जेसिबी दुर्घटनामा बझाङको बित्थडचिर गाउँपालिका–३ का २७ वर्षीय कमल बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।

जेसिबी आलितालको गोदाम बजारबाट मेलगाँजातर्फ जाँदै थियो। जेसिबी सडकबाट करिब ३० मिटर तल खसेको छ। दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।