प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पशुपतिको जलहरी प्रकरण: सदस्यसचिव थापा धरौटीमा रिहा

२०८० माघ २, मंगलबार १९:०१ बजे

काठमाडौं – पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्यसचिव डा.मिलन कुमार थापा ३ लाख धरौटी बुझाएर रिहा भएका छन्। विशेष अदालतले निलम्बित सदस्यसचिव थापासँग ३ लाख धरौटी लिएर रिहा गर्ने आदेश दिएको हो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर थापाका अनुसार गत पुस २५ गते उक्त आदेश भएको हो । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै अख्तियारले थापासहित पूर्व सदस्यसचिव डा. प्रदीप ढकाल र विशेष नाइके अरुण श्रेष्ठ विरुद्ध १ करोड १७ लाख रुपैयाँको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।